Logo
१२ श्रावण २०८१, शनिबार
(November 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ट्रम्पले जो बाइडेनलाई सत्ता हस्तान्तरण गर्ने, चुनावी परिणामविरुद्धको कानुनी लडाइँ जारी रहने

अमेरिकी राष्ट्रपति ट्रम्पले राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई सत्ता हस्तान्तरण गर्ने भएका छन् ।

ट्रम्पले कार्यभार हस्तान्त्ररणका लागि औपचारिक रुपमा सुरु गर्ने स्वीकार गरेको बीबीसीले जनाएको छ । तर चुनावको परिणामविरुद्ध आफ्नो कानुनी लडाइँ जारी रहने ट्रम्पको भनाइ छ ।

उनले त्यसका लागि जिम्मेवार सङ्घीय निकाय जनरल सर्भिसेस् एड्मिन्ट्रेशन (जीएसए) लाई गर्नुपर्ने आवश्यक काम गर्न सिफारिस गरेको बताए ।

जीएसएले पनि बाइडेनलाई स्पष्ट विजेताका रूपमा आफूले स्वीकार गरेको जनाएको छ ।जीएसएले बाइडेन समूहलाई प्रक्रिया सुरु गर्ने भनेर जानकारी दिएपछि ट्रम्पले ट्वीट गरेका छन् ।

ट्रम्पद्वारा नियुक्त प्रशासक इमिली मर्फीले प्रक्रियागत ढिलाइ गर्न आफूलाई ह्वाइट हाउसबाट कुनै दबाब नआएको प्रतिक्रिया समेत दिएका छन् ।

प्रकाशित मिति: Nov 24, 2020

प्रतिक्रिया दिनुहोस्