Logo
१२ श्रावण २०८१, शनिबार
(November 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चितवनमा ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

काठमाडौं : पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको राप्ती नगरपालिका–६ हर्दी भन्ने स्थानमा ग्यास ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा सवार दुई जनाको मृत्यु भएको छ ।

उक्त ठक्करबाट ३० वर्षका नवराज दनै र २२ वर्षका सचिन दनैको मृत्यु भएको प्रहरीले जनाएको छ । चितवन प्रहरीका अनुसार प्र ३–०३, ००२ प ११८ नम्बरको मोटरसाइकललाई सोमबार बेलुकी भारतीय नम्बर प्लेटको ग्यास बुलेटले ठक्कर दिएको हो ।

घटनापछि स्थानीयवासीले सडक अवरुद्ध पारेका थिए ।सडक खुलाउने क्रममा प्रहरी र स्थानीयबीच झडपसमेत भएको थियो ।

राति साढे ११ बजे प्रहरीले बाटो खुलाएको थियो ।

प्रकाशित मिति: Nov 24, 2020

प्रतिक्रिया दिनुहोस्