Logo
५ जेष्ठ २०८१, शनिबार
(November 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख नाघ्यो

नेपालमा अहिलेसम्म्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख २ हजार नाघेको छ ।

आज थप ३ हजार ४३ जना कोरोनामुक्त भएकासँगै २ लाख २ हजार ६७ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालले जनाएको छ।

मन्त्रालयका अनुसार ६२९ जना क्वारेन्टाइनमा छन्। नेपालमा १८ हजार ८ सय ८४ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।

आज १० हजार ३ सय ८१ जना शंकास्पद व्यक्तीको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा १६ लाख ७० हजार ४ सय ५६ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।

आज देशभर १ हजार ९८० जना कोरोना संक्रमित थपिएका छन्। योसँगै कुल कासंक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको छ।

आज देशभर १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३३७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: Nov 23, 2020

प्रतिक्रिया दिनुहोस्