Logo
१५ बैशाख २०८१, शनिबार
(November 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सनराइज बैंकले ८.२५ प्रतिशत लाभांश दिने

गत वर्षको नाफाबाट सनराइज बैंकले ८.२५ प्रतिशत लाभांश दिने भएको छ। बैंकले चुक्ता पुँजी ८ अर्ब ९६ करोडको ५.८ प्रतिशत बोनस सेयर दिने छ।

बाँकी २.४८ प्रतिशत नगद लाभांश दिने छ। बोनस सेयर स्वीकृतपछि चुक्ता पुँजी ५२ करोड रुपैयाँले बढ्ने छ। अपरिष्कृत वित्तीय विवरण अनुसार, बैंकले गत आर्थिक वर्ष ५४ करोड ७८ लाख रुपैयाँ नाफा गरेको थियो।

बैंकको खुद नाफा भने एक अर्ब ३९ करोड रुपैयाँ थियो। चालु वर्षको पहिलो त्रैमासमा खुद नाफा ३८ करोड २९ लाख रुपैयाँ छ भने वितरणयोग्य नाफा छैन। उल्टो २५ करोड हाराहारी ऋणात्मक छ।

बैंकले गत आर्थिक वर्ष १५.८ प्रतिशत लाभांश दिएको थियो। यसमध्ये १० प्रतिशत बोनस सेयर थियो। कोभिडका कारणले ब्यापार बिस्तारका साथै ऋण उठ्तीमा समस्या छ। यही कारण यसपाली बैंकको लाभांश दर कम भएको हो। लाभांश दर कम हुनुमा राष्ट्र बैंकको अंकुश पनि हो।

पछिल्ला दिनहरु बैंकको सेयर दोस्रो बजारमा बढे पनि सोमबार घटेको छ। लाभांश दर घटेपछि बैंकको सेयर होल्ड गरेर बसेका संस्थागत लगानीकर्ताले बेच्न थालेका छन्। बैंकको सेयर बीमा कम्पनी र सामूहिक लगानी कोषहरुसँग छ। उनीहरुले बिक्री थालेका हुन्।

प्रकाशित मिति: Nov 23, 2020

प्रतिक्रिया दिनुहोस्