Logo
१२ श्रावण २०८१, शनिबार
(November 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु

प्रदेश नं १ स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।
इलामका एक २५ वर्षीय पुरुष संक्रमितको पनि उपचारका क्रममा बिपी प्रतिष्ठानमा मृत्यु भएको छ।

हिजो राति साढे ९ बजे मृत्यु भएका उनलाई यही मंसिर ५ गते अस्पताल भर्ना गरिएको थियो । उनलाई सोही दिन कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ।

यसैगरी मोरङको सुन्दर हरैचा घर भएका ६७ वर्षीय पुरुको आज बिहान ६ः४० बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।

गत कात्तिक २६ गते कोरोना पोजेटिभ देखिएका उनलाई यही मंसिर १ गते अस्पताल भर्ना गरिएको थियो। उनी मधुमेहका बिरामी समेत थिए।

 

प्रकाशित मिति: Nov 23, 2020

प्रतिक्रिया दिनुहोस्