Logo
१२ श्रावण २०८१, शनिबार
(November 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विदेशमा अलपत्र परेका १ लाख ५२ हजारभन्दा बढी नेपालीको उद्धार

अहिलेसम्म कोरोनाका कारण विभिन्न ६० वटा मुलुकमा अलपत्र परेका १ लाख ५२ हजार ३५९ नेपाली उद्धार उडानबाट स्वदेश फर्किएका छन् ।

सीसीएमसीका अनुसार जेठ २९ देखि मंसिर पहिलो सातासम्म १ लाख ५२ हजार ३ सय ५९ नेपाली आफ्नै खर्चमा चार्टर उडानमार्फत स्वदेश फर्किएका हुन् ।

फर्किनेमा सबैभन्दा धेरै श्रम गन्तव्य मुलुकमा रहेका नेपाली छन् ।

जसअनुसार यूएईबाट ४५ हजार ९२८, कतारबाट ३१ हजार ३२३, साउदी अरबबाट १९ हजार ८२१, मलेसियाबाट २० हजार ४५७, कुवेतबाट ११ हजार ४७५, जापानबाट ४ हजार ५ ३४, टर्कीबाट ४ हजार १ सय ४ र दक्षिण कोरियाबाट २ हजार ६५ जना फर्किएका सीसीएमसीले जनाएको छ ।

नियमित उडान हुन थालेपछि कात्तिक २४ यता उद्धार उडानसमेत हुन छोडेको छ ।लकडाउन गरिएको १ सय ६४ दिनपछि (भदौ १६) मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय उडान खुला गरेको थियो ।

तर साउदी अरबले अझै पनि नियमित उडान खुला नगरेकाले चार्टर उडानबाटै नेपालीलाई स्वदेश ल्याउने क्रम जारी रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने बताए ।

उनका अनुसार हिमालय एयरलाइन्सले सातामा ३-४ वटा उडानबाट नेपालीलाई स्वदेश ल्याउँदै आएको छ ।सरकारले गत चैत ९ देखि सबै अन्तर्राष्ट्रिय व्यावसायिक उडान बन्द गराएको थियो ।

प्रकाशित मिति: Nov 23, 2020

प्रतिक्रिया दिनुहोस्