Logo
७ बैशाख २०८१, शुक्रबार
(November 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बागमती प्रदेश लोकसेवा आयोगले खुलायो ४६९ जना कर्मचारीको विज्ञापन {सूचनासहित}

वाग्मती प्रदेश लोकसेवा आयोगले ४६९ जना कर्मचारी माग गरेको छ ।

प्रदेश र पालिकामा सहायकस्तर चौथो तहका विभिन्न पदका लागि ४ सय ६९ दरबन्दीमा खुला र बढुवाबाट पदपूर्ति गर्ने गरी विज्ञापन गरिएको हो ।

प्रदेशका दुई मन्त्रालय र पालिकामा गरी सहायक स्तर चौथो तहका ४ सय ६९ जना कर्मचारी माग गरिएको प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले बताए ।

प्रदेशभरिका ४४ वटा पालिका र वाग्मती प्रदेशको दुईवटा मन्त्रालयका २२ जना समेत गरेर ४ सय ६९ जनाको दरबन्दी माग गरिएको अध्यक्ष श्रेष्ठले बताए ।प्रदेशका एक सय १९ वटा पालिका मध्येमा २२ वटा पालिकाले मात्र प्रदेश लोकसेवा आयोगलाई कर्मचारी मागको विवरण पठाएका हुन् ।

प्रदेश सरकारका ७ वटा मन्त्रालयमध्ये दुईवटा मन्त्रालयले मात्र कर्मचारी माग गरेका हुन् । प्रदेशको सामाजिक विकास मन्त्रालयले २० जना र भौतिक पूर्वाधार विकास मन्त्रालयले २ जना कर्मचारी माग गरेको छ ।

प्रदेश निजामती सेवा वार्षिक पदपूर्ति कार्यतालिका समेत सार्वजनिक गरिएको छ । प्रदेशस्तरमा यति धेरै पदमा विज्ञापन गरेको पहिलो पटक रहेको अध्यक्ष श्रेष्ठले बताए ।

हेनुहोस् सूचि :

प्रकाशित मिति: Nov 23, 2020

प्रतिक्रिया दिनुहोस्