Logo
१२ श्रावण २०८१, शनिबार
(November 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सांसद मोहन प्रसाद पाण्डेको आज दिउँसो १ बजे शपथ ग्रहण

नेपाली काँग्रेसका सांसद मोहनप्रसाद पाण्डेले आज दिउँसो १ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् ।

कांग्रेसका सांसद सूर्यबहादुर केसीको निधनपछि रिक्त रहेको स्थानमा पाण्डेलाई सांसद नियुक्त गरिएको हो ।

सभामुख अग्‍निप्रसाद सापकोटाले संघीय संसद सचिवालय सिंहदरबारमा समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य स्याङ्जाका पाण्डेलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराउन लागेका हुन् ।

खस आर्य समावेशी समूहअन्तर्गत सांसद रहेका केसीको निधनपछि रिक्त पदमा पाण्डे निर्वाचित रहेको पत्र निर्वाचन आयोगले शुक्रबार संसद सचिवालयलाई पठाएको थियो ।

प्रकाशित मिति: Nov 23, 2020

प्रतिक्रिया दिनुहोस्