Logo
१२ श्रावण २०८१, शनिबार
(November 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली सेनासहितका सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्रीले गरे छलफल

प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन् ।

आइतबार दिउँसो प्रधानमन्त्री ओलीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रतिनिधिसँग छलफल गरेका हुन् । प्रधानमन्त्रीको निजी सचिवालयले यसलाई नियमित छलफल भएको बताएको छ ।

प्रधानमन्त्री ओलीले सुरक्षा निकायका प्रमुखसँग मुलुकको पछिल्लो समसामयिक विषयमा छलफल गरेका हुन् । छलफलमा सीमा सुरक्षा, राष्ट्रिय सुरक्षा, प्रतिबन्धित नेत्रविक्रम चन्द्र ‘विप्लव’ समूहका गतिविधिका विषयमा छलफल भएको स्रोतको दाबी छ ।

सरकारले प्रतिबन्धित विप्लव समूहले सातौं पुनर्गठन दिवस मनाउने तयारी गरिरहँदा सरकारले देशभरको सुरक्षा व्यवस्था कडा पारेको छ ।

प्रकाशित मिति: Nov 22, 2020

प्रतिक्रिया दिनुहोस्