Logo
१३ बैशाख २०८१, बिहीबार
(November 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओली र सभापति देउवाबीच तीन घन्टा भेटवार्ता, संवादको विषय गोप्य

नेकपा पछिल्लो समयमा आन्तरिक विवादमा फसिरहेका बेला प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार दिउँसो नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले करिब तीन घन्टा प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेका छन् ।

भेटमा काँग्रेसको तर्फबाट देउवा, रमेश लेखक र गोपालमान श्रेष्ठ थिए भने बालुवाटारको तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ्ग, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल सामेल भएको बताइएको छ ।

ओलीले देउवालाई रिक्त रहेका संवैधानिक निकाय र विश्वविद्यालयका उपकुलपति नियुक्तिको विषयमा छलफल गर्न भन्दै बोलाएका थिए ।

ओलीले देउवासँग संवैधानिक नियुक्तिका विषयमा यसअघि पनि पटक पटक भेटेका छन् । तर, भागवण्डामा कुरा मिल्न सकेको छैन ।

देउवासँग शुक्रबार भारतीय राजदूत विनयमोहन क्वात्राले बूढानीलकण्ठमा भेटेको भोलिपल्ट बालुवाटारमा भएको प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली र नेका सभापति देउवाबीचको भेटलाई अर्थपूर्ण ढंगले हेरिएको छ ।

कांग्रेस शीर्ष नेताहरुसँगको भेटघाटलाई नागरिक अगुवा, पत्रकार साथै विश्लेषकहरुले विभिन्नखाले टिप्पणीहरु गरिरहेका छन् । नेकपाभित्र विग्रह सुरु भएपछि सत्ता सहयात्राका लागि भेटवार्ता भएको पनि भनिएको छ ।

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहालले नेपाली कॉग्रेसले प्रधानमन्त्री ओलीको नेकपा समूहसॅग साझेदारी गर्नसक्ने संभावनाका संकेतहरु देखापरेको बताएका छन् ।

उनले नेकपा भित्र लोकतन्त्रको सबालमा प्रचण्ड(माधव गुटभन्दा ओली गुट उदार हो कि भन्ने लागेको देखियो। तर विगत तीन वर्षमा लोकतन्त्रका मूल्यहरुमा ओली समूह र स्वयम् कॉग्रेस पनि चुकेको पनि दाहालले ट्वीटरमा लेखेका छन् ।

 

 

 

 

प्रकाशित मिति: Nov 22, 2020

प्रतिक्रिया दिनुहोस्