Logo
१२ श्रावण २०८१, शनिबार
(November 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारले ल्यायो बलात्कारमा मिलापत्र गराउनेलाई फौजदारी अपराधमा कारबाही गर्न अध्यादेश

file photo

सरकारले बलात्कारका घटनामा मिलापत्र गराउनेहरुलाई पनि फौजदारी अपराधमा कारबाही गर्न अध्यादेश ल्याएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको एक मन्त्रीले बताएएका छन् । स्रोतका अनुसार अध्यादेशमा बलात्कारका घटनामा पञ्चायती वा जुनसुकै नाममा हुने मिलापत्रलाई अपराध किटान गरिएको छ ।

बलात्कारको परिभाषालाई पनि संशोधन गर्दै अध्यादेशले जोसुकैले जोसुकैलाई बलात्कार गर्नसक्छ भन्ने प्रष्ट पारेको छ ।हालै मात्र जनकपुरमा एक पुरुषले ६ बर्षको बालकको बलात्कारपछि हत्या गरेको घटना सार्वजनिक भएको थियो ।

अन्तर्राष्ट्रिय अभ्यासलाई पनि हेरेर जोसुकैले जोसुकैलाई बलात्कार गर्नसक्छ भन्ने प्रष्ट परिभाषामा लेखिएको स्रोतले बताएको छ ।

यसअघि मुलुकी अपराध संहितामा महिला मात्र बलात्कृत हुन सक्ने गरी बलात्कारको परिभाषा गरिएको छ ।बलात्कार तथा बलात्कार प्रयासका घटनामा हुने न्युनतम सजाय घटाइ अधिकतम सजाय बढाइएको छ ।

कुनै नाबालिग माथि बलात्कार वा बलात्कार प्रयास भएको थियो, तर उजुरी परेको थिएन भने साबालिग भएको एक वर्षभित्र उजुरी दिन सक्ने व्यवस्था समेत अध्यादेशमा गरिएको छ ।

प्रकाशित मिति: Nov 22, 2020

प्रतिक्रिया दिनुहोस्