Logo
१२ श्रावण २०८१, शनिबार
(November 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौं उपत्यका कोरोना हटस्पट बन्दै, संक्रमितको संख्या १ लाख नाघ्यो

पछिल्लो समयमा कोरोना संक्रमणको हटस्पट बनेको काठमाण्डौ उपत्यकामा मात्रै कोरोना संक्रमितको संख्या एक लाख १ हजार नाघेको छ ।

हिजो शनिवार उपत्यकामा ८९९ जना कोरोना संक्रमित थपिएसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १ लाख १ हजार ७७१ जना पुगेको हो ।

हिजो शनिबार देशभर १ हजार ६७४ जना नयाँ कोरोना संक्रमित थपिएका थिए । उपत्यकाका तीन जिल्लामा मात्रै ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि उपत्यकामा संक्रमितको संख्या १ लाख नाघेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार शनिवारसम्म काठमाडौँमा दश हजार १०१, ललितपुरमा दुई हजार ११४ तथा भक्तपुरमा ७६९ जनामा कोभिड–१९ को सङ्क्रमण सक्रिय रहेको छ ।

देशैभरि हालसम्म दुई लाख १८ हजार ६३९ जना कोरोना संक्रमितको पहिचान गरिएको छ ।उपत्यकामा कोरोना सङ्क्रमण दर दिनप्रतिदिन बढी रहेको अवस्थामा गत साता बसेको सीसीएमसी र उपत्यका मेयर फोरमको संयुक्त बैठकमा उपत्यकाका मेयरहरूले कडा लकडाउनको माग राखेका थिए ।

सरकारका तर्फबाट गृहमन्त्री राम बहादुर थापाले पनि विधि पुर्‍याएर लकडाउन गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । साथै काठमाण्डौमा कोरोना संक्रमित दिनप्रतिदिन बढीरहेकाले आजबाट काठमाडौं महानगरपालिकाले पिसिआर परिक्षण निःशुल्क स्वाब संकलन कार्य सुरु गरेको छ ।

प्रकाशित मिति: Nov 22, 2020

प्रतिक्रिया दिनुहोस्