Logo
१२ बैशाख २०८१, बुधबार
(November 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाँकेमा उपचाररत दाङका दुई कोरोना संक्रमित पुरुषको मृत्यु

file photo

लुम्बिनी प्रदेश स्थित बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचाररत दाङका दुई कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

दाङको घोराही उपमहानगरपालिका वडा नं. ९, वनगाउँका ६७ वर्षीय पुरुष र तुलसीपुर उपमहानगरपालिका वडा नं. ९, बेलुवाका ६८ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा शनिबार राति मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र, बाँकेले जानकारी दिएको छ ।

तुलसीपुरका ६८ वर्षीय पुरुष स्वास्थ्यमा समस्या आएपछि मंसीर ४ गते कोहलपुरमा उपचार गराउन आएका थिए । उनलाई कोरोना पुष्टि भएपछि त्यही उपचार भइरहेको थियो ।

राती १.४० बजे उनको मृत्यु भएको छ । उनलाई केही समयदेखि मधुमेहको समस्या थियो ।

घोराहीका ६७ वर्षीय पुरुषलाई स्वास्थ्यमा समस्या आएपछि कात्तिक २५ गते राप्ती स्वास्थ्य विज्ञान, प्रतिष्ठानमा स्वाव जाँच गरिएको थियो ।

भोलिपल्ट कोरोना पुष्टि भयो । त्यसपछि उनलाई कोहलपुर मेडिकल कलेजमा उपचार गराउन ल्याइएको थियो । उनको राती ११.५० बजे मृत्यु भएको छ ।केही समयदेखि उच्च रक्तचापको समस्या रहेको थियो ।

बाँकेमा बाहिरी जिल्लाबाट उपचार गराउन आउँदा मृत्यु हुने कोरोना संक्रमितको संख्या ४६ पुगेको छ ।

प्रकाशित मिति: Nov 22, 2020

प्रतिक्रिया दिनुहोस्