Logo
५ जेष्ठ २०८१, शनिबार
(November 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना भाइरसविरुद्ध बनेको एन्टिबडी मानिसको शरीरमा कम्तीमा ६ महिना बस्ने : अध्ययन

एक पटक कोरोना संक्रमित भएकाहरुमा कोरोना भाइरसविरुद्ध निर्मित एन्टिबडी मानिसको शरीरमा कम्तीमा ६ महिनासम्म बस्ने भएकाले दोस्रो पटक संक्रमण हुनबाट जोगाउने एक अध्ययनले देखाएको छ ।

एक पटक कोरोना सङ्क्रमित भएको व्यक्ति कम्तिमा ६ महिनासम्म अर्को पटक सङ्क्रमित हुने गरी खतरा नभएको पाइएको बेलायतको अक्सफोर्ड युनिभर्सिटीले गरेको अध्ययन जनाएको हो ।

अध्ययनमा संलग्न अक्सफोर्ड युनिभर्सिटीका प्रोफेसर डेविड आयरले यो एकपटक सङ्क्रमित भइसकेकाहरु र उनीहरुको सम्पर्कमा आउनेहरुका लागि राम्रो खबर भएको प्रतिक्रिया दिएका छन् ।

यो अध्ययन स्वास्थ्यकर्मीमा गरिएको थियो । यसमा एकपटक सङ्क्रमित भएका व्यक्ति कोरोना भाइरसबाट सुरक्षित भएको पाइएको थियो ।

जो सङ्क्रमित भइसकेका छन्, उनीहरुमा दोस्रोपटक सङ्क्रमणको केही नयाँ लक्षण देखिएको थिएन । एक पटक सङ्क्रमित भइसकेका ८९ जनाको जाँच गर्दा दोस्रो पटक रिपोर्ट नेगेटिभ आएको थियो ।

सङ्क्रमित व्यक्तिमा प्रतिरोधात्मक क्षमता बन्ने पनि अध्ययनबाट पत्ता लागेको छ । यो अध्ययनबाट कोरोना भाइरसबारे थप बुझ्ने मौका मिलेको अध्ययनमा संलग्न भएकाहरुले बताएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

गएको बर्षचीनको वुहानमा सहरबाट सुरुभएको कोरोना भाइरसका कारण विश्वमा ५ करोड ८४ लाखभन्दा धेरै सङ्क्रमित भइसकेका छन् । ती मध्ये ४ करोडभन्दा धेरै निको भएका छन् ।

प्रकाशित मिति: Nov 22, 2020

प्रतिक्रिया दिनुहोस्