Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकैदिन ६ लाख ५९ हजार बढी संक्रमित थपिए, ११ हजार बढीको मृत्यु

काठमाडौं : विश्वमा एकैदिन ६ लाख ५९ हजार भन्दा बढी संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा विश्वभर ६ लाख ५९ हजार ३ सय ८ जना नयाँ संक्रमित थपिएसँगै हालसम्म संक्रमितको संख्या ५ करोड ७८ लाख ९५ हजार ३ सय ४० पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा विश्वभर कोरोनाका कारण ११ हजार ८५ जनाको मृत्यु भएको छ । यो संख्या अहिलेसम्मकै धेरै रहेको छ । ती मध्ये अमेरिकामा १ हजार ९ सय ५१ जनाको मृत्यु भएको छ । विश्वमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १३ लाख ७६ हजार ८ सय ६ पुगेको छ ।

पछिल्ला दिनमा विश्वमा संक्रमित र कोरोनाका कारण ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ । अमेरिकामा मात्रै गत २४ घन्टामा २ लाख भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा हालसम्म संक्रमित संख्या १ करोड २२ लाख नाघेको छ भने भारतमा ९० लाख नाघेको छ ।

त्यस्तै ब्राजिलमा ६० लाख संक्रमित पुगेका छन् भने १ लाख ६८ हजार भन्दा बढीको ज्यान गइसकेको छ । त्यस्तै फ्रान्समा २१ लाख बढी संक्रमित छन् भने ४८ हजार बढीको मृत्यु भइसकेको छ । फ्रान्समा अहिलेसम्मको तथ्यांक हेर्दा सक्रिय संक्रमितको संख्या ज्यादै बढी रहेको छ । फ्रान्सका २१ लाख मध्ये जम्मा १ लाख ४९ हजार मात्र कोरोनामुक्त भएको जनाइएको छ ।

त्यस्तै रसियामा संक्रमित संख्या २० लाख नाघेको छ । रसियामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३५ हजार बढी छ भने कोरोनामुक्त हुनेको संख्या १५ लाख ५० हजार नाघेको छ ।

विश्वमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ४ करोड नाघेको छ । पछिल्लो तथ्यांकअनुसार विश्वमा ४ करोड १ लाख २ हजार २ सय ८४ कोरोनामुक्त भइसकेका छन् भने अहिलेको अवस्थामा १ करोड ६४ लाख २० हजार ७ सय ४४ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति: Nov 21, 2020

प्रतिक्रिया दिनुहोस्