Logo
१५ चैत्र २०८०, बिहीबार
(November 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्रिपरिषद्का १९ ओटा निर्णयहरु सार्वजनिक {पूर्णपाठसहित}

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले शुक्रबार पत्रकार सम्मेलनमार्फत् निर्णयहरु सार्वजनिक गरेका छन् ।

सरकारले विभिन्न १९ ओटा निर्णयहरु गरेको छ । यी १९ ओटा निर्णयहरु मन्त्रिपरिषद्को यही मंसिर ३ र गएको कात्तिक २७ गते बसेको बैठकले गरेको हो ।

गैरकानुनीरुपमा लामो समयसम्म नेपालमा बसोबास गरिरहेका अष्ट्रेलियन नागरिक मार्क लेस्ली डेन्गेटलाई नेपालबाट निष्कासन गर्ने निर्णय गरिएको छ ।

यस्तै, गैरकानुनीरुपमा लामो समय नेपालमा बसोबास गरिरहेका यमनका दुईजना नागरिकलाई पनि नेपालबाट निष्कासन गर्ने निर्णय सरकारले गरेको छ ।

उनीहरुले बुझाउनुपर्ने विलम्ब शुल्क, जरिवानासमेत मिनाहा गरिएको छ ।मन्त्रिपरिषद्ले आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा (१) बमोजिम आवश्यक सेवामा हड्ताल गर्न निषेध गरी आदेश जारी गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको छ ।

अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको कार्यकारी समितिको अध्यक्षमा उद्धवप्रसाद तिमल्सेनालाई नियुक्ति गर्नेलगायतका निर्णयहरु सरकारले गरेको छ ।

१९ ओटा निर्णयहरु पढ्नुहोस् :

प्रकाशित मिति: Nov 20, 2020

प्रतिक्रिया दिनुहोस्