Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शान्ति प्रक्रियाका जटिल विषय सम्पन्न गरेका छौं, बाँकीकाम सहजै टुंगिन्छ : प्रचण्ड

शान्ति सम्झौता भएको १४ वर्ष पुगेको अवसरमा आज नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम सहजै सम्पन्न हुने बताएका छन् ।

त्यस क्रममा उनले शान्ति प्रक्रियाका जटिल, संवेदनशील र गम्भीर विषय टुंगिसकेकाले बाँकी काम सहजै टुंगिने बताएका हुन् ।

शान्ति सम्झौता भएको १४ वर्ष पुगेको अवसरमा प्रचण्डले शुक्रबार पत्रकारहरुसँग संक्षिप्त कुराकानी गरेका थिए ।

‘सबभन्दा जटिल र संवेदनशील विषय हामीले सम्पन्न गरेका छौं । बाँकी त सहजै सम्पन्न हुन्छ भन्ने लाग्छ’, प्रचण्डले भने ।

सेना समायोजन र हतियार व्यवस्थापन जस्तो जटिल विषय सफलतापूर्वक टुंगिनु अभूतपूर्व घटना भएको उनले बताए ।

प्रचण्डले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन सम्बन्धी काम पनि अब सहजै ढंगले टुंगिने बताएका छन् ।

शान्ति सम्झौता कार्यान्वयन नेपालको इतिहासमा र दक्षिण एसियामा मात्रै नभएर विश्वमा नै अभूतपूर्व घटना भएको उनले बताए

‘त्यो (शान्ति प्रक्रिया), सामान्य अवस्थामा सहज ढंगले हल हुन्छ भन्ने मानिसहरुले सोच्दैनथे । कहिँ न कहिँ दुर्घटना हुन्छ, कयौंको ज्यान जान सक्छ भन्ने पनि थियो’, प्रचण्डले भने, ‘ शान्ति प्रक्रियामा हस्ताक्षर गरेको नाताले पनि त्यसलाई सफलतापूर्वक सेना समायोजन र हतियार व्यवस्थापन भयो ।’

नेपालको शान्ति प्रक्रिया आफ्नै मौलिकता र विशेषताअनुरुप भएको प्रचण्डले दावी गरे ।

 

प्रकाशित मिति: Nov 20, 2020

प्रतिक्रिया दिनुहोस्