Logo
८ बैशाख २०८१, शनिबार
(November 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विराटनगरका दुई अस्पतालमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

file photo

प्रदेश नं १ स्थित मोरङको विराटनगरका विभिन्न अस्पतालमा कोरोना संक्रमणका कारण थप तीन जनाको मृत्यु भएको छ ।

मोरङको बूढीगंगा गाउँपालिकामा रहेको विराट शिक्षण अस्पताल दुई र विराटनगरको नोबेल शिक्षण अस्पतालमा एकजनाको मृत्यु भएको हो ।

सुनसरीको इटहरी उपमहानगरपालिका-५ का ८८ वर्षीय वृद्धको आज बिहान ५ः५० बजेतिर मृत्यु भएको छ । वृद्धमा २७ कात्तिकमा कोरोना पोजेटिभ देखिएको थियो ।

कोरोना पुष्टि भएपछि उपचारका लागि विराटको आइसोलेसनमा भर्ना गरिएका वृद्धको उपचारकै क्रममा ज्यान गएको हो । अस्पतालका अनुसार मृतकमा मधुमेह र उच्च रक्तचापको पुरानै समस्या थियो ।

भारतको साहेवगञ्ज घर भएका ७० वर्षीय वृद्धको उपचारका क्रममा आज बिहान ६ः५० बजे विराट शिक्षण अस्पतालमा मृत्यु भएको छ ।

बुधबार श्वासप्रश्वासमा समस्या भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि उनलाई उपचारका लागि कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

उनलाई बिहीबार कोरोना पुष्टि भएको हो । झापाको गौरादह नगरपालिका–८ का ६३ वर्षीय वृद्ध पुरुषको नोबेल शिक्षण अस्पतालमा बिहान ७ः३० बजेतिर मृत्यु भएको छ ।

अस्पतालका प्रबन्धकका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि उनलाई उपचारका लागि बुधबार अस्पताल भर्ना गरिएको थियो । पीसीआर परीक्षण गराउँदा बिहीबार रिपोर्ट  पोजिटिभ आएको थियो ।

प्रकाशित मिति: Nov 20, 2020

प्रतिक्रिया दिनुहोस्