Logo
८ बैशाख २०८१, शनिबार
(November 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

छठ पर्वले तराई मधेस र पहाडका नेपाली समुदायबीच सेतुको रुपमा काम गर्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी ओलीले आज छठ पर्वका अवसरमा शुभकामना दिँदै छठ पर्वको यस उल्लासका बीच कोभिड १९ को महामारीलाई सामना गरिरहेकाले स्वास्थ्य मापदण्ड अपनाएर पर्व मनाउन आग्रह गरेका छन् ।

उनले छठ पर्वले तराई मधेस र पहाडका नेपाली समुदायबीच सेतुको रुपमा काम गरेको बताएका छन् ।विविधतायुक्त नेपाली समाजमा यस्ता चावपर्वले अन्तरसम्बन्धलाई अझ बढी मजबूत बनाउन उल्लेखनीय भूमिका निर्वाह गरेको प्रधानमन्त्री ओलीले बताएका हुन् ।
कोरोना महामारीले जनताको स्वास्थ्य र राष्ट्रको आर्थिक तथा सामाजिक जीवनमा मात्र होइन मुलुकको समृद्धिको अभियानमा पनि अवरोध पुर्‍याएको उनको भनाई छ ।

जनताको स्वास्थ्यमा गरेको क्षति न्यूनीकरण गर्दै रोकथाम तथा नियन्त्रणमा सरकारले आवश्यक कदम चाल्दै आएको प्रधानमन्त्री ओलीले बताए ।

महामारीका वाबजुद मुलुकको विकास तथा समृद्धिको यात्रालाई सरकारले अघि बढाइरहेका उनको दावी छ ।

प्रकाशित मिति: Nov 20, 2020

प्रतिक्रिया दिनुहोस्