Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतको दिल्लीमा मास्क नलगाउई बाहिर हिड्नेलाई २ हजार जरिवाना हुने

भारत सरकारले दिल्ली प्रदेशमा मास्क नलगाई बाहिर हिड्नेलाई २ हजार जरिवना गर्ने भएको छ ।

कोरोना भाइरस महामारीबाट बढी प्रभावित भएको दिल्ली प्रदेशमा मास्क लगाउन अनिवार्य गरिएको छ ।मास्क अनिवार्य रुपमा लगाउन पटक पटक आग्रह गर्दा पनि धेरैले वेवास्ता गरेपछि जरिवाना शुल्क बढाउन लागिएको हो ।

दिल्ली प्रदेशका मुख्य मन्त्री अरविन्द्र केजरीवालले मास्क नलगाई बाहिर हिड्नेलाई दुई हजार रुपैया जरिवाना गराईने जानकारी दिएका छन ।

प्रदेश सरकारले यसअघि पाँच सय रुपैया मात्रै जरिवाना तोकेकोमा अहिले बढाएर दुई हजार पुर्‍याएको उनले बताए ।

केन्द्रीय राजधानी रहेको नयाँदिल्लीमा कोरोना भाइरसको महामारी फैलिदै गएपछि सरकारले सतर्कता बढाउने क्रममा जरिवाना पनि बढाएको हो ।

‘दिल्लीमा पछिल्लो समयमा कोरोनाभाइरसबाट सङ्क्रमितहरुको संख्यामा बृद्धि हुदै गएको छ, तर अहिलेसम्म पनि कतिपयले सार्वजनिक स्थलमा मास्क लगाएका छैनन,’ मुख्यमन्त्री केजरीवालले भने ।

बैठक पछिको पत्रकार सम्मेलनमा उनले जनताको जीवन बचाउनका लागि संयुक्त रुपमा काम गर्न सवै पार्टीहरु सहमत भएको पनि बताए ।

कोरोना भाइरसको महामारीको अवस्थाका बारेमा समिक्षा गर्न तथा भावी रणनीति तय गर्न दिल्लीमा भएको सर्वदलिय बैठकपछि उनले थप कडाई गर्न लागिएको जानकारी दिएका हुन् ।

‘सवै पार्टीहरुको तर्फबाट मलाई सहयोग र सुझाव आएको छ, यो कठिन घडीमा हामी सवै एकै ठाउँमा छौँ, त्यसका लागि म उनीहरु सवैप्रति धन्यवाद ज्ञापन गर्न चाहन्छु,’ उनले भने ।

उनले भिडभाड हुने वा गर्नु पर्ने सवै ठाउँ तथा गतिविधिहरुलाई सकेसम्म न्युनिकरण गर्न र भिडभाडमा जानै परेमा आधारभूत स्वास्थ्य सतर्कता कडाइका साथमा पालना गर्न पनि आग्रह गरे ।

धार्मिक, सांस्कृतिक, राजनीतिक तथा अन्य कुनै पनि कार्यक्रम तथा गतिविधिहरुप्रति उनले बढी चिन्ता व्यक्त गरे।

 

प्रकाशित मिति: Nov 20, 2020

प्रतिक्रिया दिनुहोस्