Logo
१२ श्रावण २०८१, शनिबार
(November 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

छठ पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ गर्ने राष्ट्रपति र उपराष्ट्रपतिको विश्वास

राष्टपति भण्डारीले सुख, शान्ति, समृद्धि, आपसी सद्भाव र एकताकाका साथै उत्तरोत्तर प्रगतिको मङ्गलमय शुभकामना व्यक्त गरेकी छिन् ।

छठ पर्वलेछठले मौलिक संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्दै सबै नेपालीमा आपसी सदभाव, सहिष्णुता र बन्धुत्वको भावनालाई प्रगाढ बनाउनाका साथै राष्ट्रिय एकतालाई थप सुदृढ गर्ने विश्वास व्यक्त गरेकी छन् ।

राष्ट्रपतिले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत विभेद अन्त्य गरी समतामूलक, प्रगतिशील, सभ्य र समुन्नत समाज निर्माण गर्नेतर्फ अग्रसर हुन प्रेरणा दिने विश्वास व्यक्त गरेकी छन् ।

छठ पर्व, २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुका लागि  शुभकामना व्यक्त गर्दै उनले विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ को बढ्दो सङ्क्रमणबाट जोगिन पूर्वसावधानीका उपायको पालना गर्दै मनाउन सबैमा आह्वान गरेकी छन् ।

त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले पनि पारिवारिक कल्याण, सन्तान सुख तथा मनोकामना पूरा हुने विश्वासका साथ सूर्य उपासना गरेर मनाइने छठ पर्वले नेपालीहरुकाबीच आपसी सदभाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ गर्ने विश्वास व्यक्त गरेका छन् ।

साथै उपराष्ट्रपति पुनले छठ पर्वको अवसरमा सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्त गरेका छन् ।

उपराष्ट्रपति पुनले कोरोना भाइरसले उत्पन्न प्रतिकुल परिस्थितिमा आइपुगेको छठ पर्व मनाउँदा स्वास्थ्य सुरक्षाको नियम पूर्ण पालना गर्न सबैलाई अपील गरेका छन् ।

यसैगरी यो पवित्र पर्वले कोरोना भाइरससँग जुध्न र ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पुरा गर्नका लागि राष्ट्रिय एकता प्रदर्शन गर्न सबै नेपालीलाई प्रेरणा देओस् भन्ने कामनासमेत गरेका छन् ।

नेपालको विशेषगरी तराई तथा मधेश क्षेत्रमा मनाइने छठ पर्व हाल काठमाडौँ उपत्यकालगायत अन्य पहाडी तथा हिमाली जिल्लाहमा समेत हर्षोल्लासका साथ मनाइन्छ ।

यस पर्वमा सूर्य देवता र छठी माताको पूजार्चना गरी छठको व्रत विधिपूर्वक सम्पन्न  गर्नाले मनोवाञ्छित फल पाइने,समाज र परिवारको  कल्याण हुने तथा आफ्ना सम्पूर्ण कष्ट  हटेर जाने जनविश्वास छ ।

कार्तिक शुक्ल चतुर्थीदेखि पञ्च मी, षष्ठी र सप्तमीका दिनसम्म नदी, तालतलैया वा पोखरीका किनारमा अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दूधको अर्घ्य दिएर यो चाड मनाइन्छ ।

प्रकाशित मिति: Nov 20, 2020

प्रतिक्रिया दिनुहोस्