Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शेयर बजारमा ऐतिहासिक रेकर्ड, नेप्से १८ सय विन्दु नजिक

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको अन्तिम दिन आज (बिहिबार) ऐतिहासिक रेकर्ड कायम गरेको छ । आज नेप्से ३६.३२ अंकले बढेर १ हजार ७ सय ७८ दशमलव १२ विन्दुमा पुगेको छ ।

नेप्सेमा नौ महिना पछि अहिलेसम्मकै उच्च कारोबार भएर नयाँ रेकर्ड कायम भएको छ । यो साताको अन्तिम दिन बिहिबार कारोबार अवधि आधि घण्टा बाँकी रहँदै ५ अर्ब बढीको कारोबार भएको छ । २ बजेर ३५ मिनेट जाँदा नेप्सेमा अहिलेसम्म कै उच्च ५ अर्ब २० करोड ३३ लाख बढीको कारोबार भइसकेको छ । गत फागुन १८ गते ४ अर्ब ८४ करोड ७४ लाख बराबरको कारोबार गरेर त्यसबेलाकै सबैभन्दा उच्च कारोबारको रेकर्ड बनाएको थियो ।

आज कारोबार भएका सबै समूहमा हरियाली छाएको छ ।

प्रकाशित मिति: Nov 19, 2020

प्रतिक्रिया दिनुहोस्