Logo
१२ श्रावण २०८१, शनिबार
(November 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली बजारमा आज तोलामा ७०० ले घट्यो सुनको मूल्य

सुनको मूल्यमा आज गिरावट आएको छ । कोरोना भाइरसको खोपको सफलताका समाचार अन्तरराष्ट्रियरूपमा

सार्वजनिक भएपछि त्यसको प्रभाव सुनको मूल्यमा समेत परेको छ । सोही कारण आज स्थानीय बजारमा समेत सुनको मूल्य प्रतितोला ७०० ले ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ९४ हजार ४०० मा कारोवार भएको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला रु ९५ हजार १०० मा कारोवार भएको थियो । बुधबारको तुलनामा आज छापावाला सुन प्रतितोला रु ७०० ले घटेको हो ।

त्यसैगरी तेजाबी सुन प्रतितोला रु ९३ हजार ९०० मा कारोवार भएको छ । बुधबार तेजाबी सुन प्रतितोला रु ९४ हजार ६०० मा कारोवार भएको थियो । यस्तै चाँदी भने प्रतितोला रु एक हजार २१५ मा कारोवार भएको छ । बुधबार चाँदी प्रतितोला रु एक हजार २३० मा कारोवार भएको थियो । बुधबारको तुलनामा चाँदी प्रतितोला रु १५ ले घटेको हो ।

प्रकाशित मिति: Nov 19, 2020

प्रतिक्रिया दिनुहोस्