Logo
१२ बैशाख २०८१, बुधबार
(November 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलिउड अभिनेता इमरान खानले लिए अभिनय छोड्ने निर्णय !

बलिउड अभिनेता इमरान खानले अभिनय छोड्ने निर्णय लिएका छन् ।

यो कुराको अभिनेता अक्षय ओबरोयले एक सञ्चारमाध्यमसँग कुरा गर्दै जानकारी दिएका हुन् ।

‘इमरानका नजिकका साथी तथा अक्षय ओबरोयले भने ‘मेरो मिल्ने साथी इमरान खान अब कलाकार रहेनन् । उनले अभिनय छोडिदिएका छन् । उनी मेरो सबैभन्दा नजिकका साथी हुन् । म उसलाई बिहान चार बजेपनि फोनमा भेट्न सक्छु । हामी एकअर्कालाई १८ वर्षदेखि चिन्दछौं’, उनले भनेका छन् ।

इमरान पछिल्लोपटक कंगना रनावतका साथ फिल्म ‘कट्टी बट्टी’मा देखिएका थिए । लामो समयदेखि फिल्मी पर्दाबाट टाढिएका इमरानले ‘जाने तू या जाने न’बाट अभिनयको शुरुवात गरेका हुन ।

‘देली बेली’ जस्तो फिल्ममा काम गरेका इमरान यो फिल्मबाट निकै तारिफ पाएका थिए ।इमरान अभिनेता आमिर खानका भान्जा हुन् ।

अभिनय छाडेर फिल्म निर्देशन गर्नसक्ने बताइएको छ । (एजेन्सी)

प्रकाशित मिति: Nov 19, 2020

प्रतिक्रिया दिनुहोस्