Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मकवानपुरमा बलात्कार पछि ढुङ्गाले हानेर ३ वर्षीया बालिकाको वीभत्स हत्या

बाग्मती प्रदेश स्थित मकवानपुरको वाग्मतीमा ३ वर्षीया बालिकाको वीभत्स हत्या भएको छ ।

उनको मृतक बालिकाको बलात्कारपछि हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान गरिएको छ । घटनास्थल नजिक उनको कट्टु फेला परेको र शरीरभरि रगत लत्पतिएका कारण बलात्कारपछि ढुङ्गाले हानेर वीभत्स हत्या गरेको हुनसक्नेतर्फ अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

वाग्मती गाउँपालिका–७ को लामिटारका शेरबहादुर पाख्रिनकी छोरी रुबिनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

उनलाई गम्भीर घाइते बनाइएको अवस्थामा बुधबार साँझ फेला पारिएको र उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषित गरेका थिए ।

बालिका बुधबार दिउँसो ३ बजेदेखि हराइरहेकी थिइन् । उनलाई स्थानीय खोल्साको किनारमा रक्ताम्य अवस्थामा फेला पारिएको थियो ।

हाल प्रवक्ता रानासहितको प्रहरी टोली घटनास्थलमा रहेको छ भने प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा दुई पुरुषलाई पक्राउ गरेको जनाएको छ।

बालिकाको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति: Nov 19, 2020

प्रतिक्रिया दिनुहोस्