Logo
१९ बैशाख २०८१, बुधबार
(November 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विदेशबाट फर्किएका सबै व्यक्तिको विवरण दश दिनभित्र पठाउन सरकारको निर्देशन

सरकारले कोभिड-१९ का कारणले विदेशबाट फर्किएका व्यक्तिको विवरण दश दिनभित्र पठाउन निर्देशन दिएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै पालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र लेख्दै कोरोनाका कारण विदेशबाट फर्किएका १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिको विवरण दश दिनभित्र पठाउन निर्देशन दिएको हो ।

पत्रमा कोभिड-१९ को कारणबाट भारत लगायत अन्य देशबाट रोजगारी गुमाएका र अध्ययन गरी फर्किएका शिक्षित तथा दक्ष बेरोजगार र १८ देखि ५९ वर्ष उमेर समूहका बेरोजगार व्यक्तिको विवरण पठाउन भनिएको छ ।

मन्त्रालयका सहसचिव विष्णुदत्त गौतमका अनुसार ७ सय ५३ वटै पालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई मङ्सिर १३ गतेभित्र विवरण पठाउन निर्देशन भनिएको छ ।

विवरणमा विदेशमा रहँदा संलग्न भएको सीप वा तालिम, कुन देशबाट फर्किएको, फर्कनुको कारण (रोजगार गुमाएको)अध्ययन गरी फर्किएको) उल्लेख गर्नुपर्नेछ ।

मन्त्रालयका सहसचिव विष्णुदत्त गौतमले रोजगारीको सम्भाव्यता अध्ययन गर्ने प्रयोजनका लागि विवरण सङ्कलन गर्न थालिएको बताए ।

प्रकाशित मिति: Nov 19, 2020

प्रतिक्रिया दिनुहोस्