Logo
१२ श्रावण २०८१, शनिबार
(November 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशभर २४ घण्टामा थप १ हजार ४४२ जनामा कोरोना संक्रमण, १२ संक्रमितको मृत्यु

सांकेतिक तस्विर

नेपालमा २४ घण्टामा थप १ हजार ४४२ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर आज ६७३१ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ४४२ जना कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कुल संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार ५३८ जना कोरोनामुक्त भएका छन्। योसँगै कोरोनामुक्त हुनेको संख्या १ लाख ८२ हजार ७८० पुगेको छ।

आज देशभर १२ जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार २५९ जना पुगेको छ ।
आज देशभर २८ हजार ८७८ जना कोरोना सक्रिय संक्रमित रहेका छन् ।

 

प्रकाशित मिति: Nov 18, 2020

प्रतिक्रिया दिनुहोस्