Logo
८ बैशाख २०८१, शनिबार
(November 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाहापाउनुहोस् : आफ्नो मृत्युपछि अङ्ग दान दिने घोषणा गर्ने बलिउडका यी कलाकार

पछिल्लो समय बलिउड बजार कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि गरिएको लकडाउनका कारण ठप्प छ ।

लकडाउनकै कारण रिलिज हुन लागेका र सुटिंग भइरहेका फिल्मी कामहरु बन्द भएका छन् ।कहिले आत्महत्या प्रकरण, कहिले लागुऔषध काण्ड जस्ता कुनै न कुनै कुराले बलीउड बजारमा कलाकारको चर्चा चलिनै रहेको हुन्छ ।

फिल्मी काम बन्द भएपछि सबै बलिउडका कलाकार पनि अहिले घरमै बस्न बाध्य भएका छन्  ।

बलिउडमा केही कलाकारले आफ्नो शरिरका केही अंगहरु दान गरेको बताइन्छ । अभिनेता अमिताभ बच्चनले पनि मृत्यु पछि आफ्नो आँखा दान गर्ने भएका छन् ।

त्यस्तै अभिनेता आमिर खानले आफ्नो मृत्यु पछि आफ्ना शरिरका आँखा, मृगौला, मुटु, कलेजो आदि दान गर्ने घोषणा गरिसकेका छन् ।

त्यस्तै अभिनेत्री ऐश्वर्या राय बच्चनले पनि आफ्नो मृत्यु पछि आफ्नो सुन्दर आँखा दान गर्ने निर्णय गरेकी छिन् भने अभिनेता सलमान खानले पनि आफ्नो रगत मासी दान दिने बताएका छन् ।

त्यस्तै अभिनेत्री रानी मुखर्जीले पनि आफ्नो आँखा दान दिने घोषणा गरिसकेकी छिन् ।त्यस्तै अभिनेत्री प्रियंका चोपडाले आफ्ना सम्पूर्ण अंग दान दिने भएकी छिन् ।

 

प्रकाशित मिति: Nov 18, 2020

प्रतिक्रिया दिनुहोस्