Logo
३ जेष्ठ २०८१, बिहीबार
(November 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालुवाटारमा नेकपा सचिवालयको बैठक जारी

नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।

सकेसम्म बैठक बस्नै नदिने रणनीतिमा लागेका प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली पनि बैठकमा उपस्थित भएका छन् ।

उनी अघि अर्का अध्यक्ष पुष्पकमल दाहाल बैठकमा पुगेका थिए । आजको बैठकमा शुक्रबार दाहालले पेश गरेको प्रतिवेदनको प्रधानमन्त्री ओलीले जवाफ दिने नदिनेबारे प्रष्ट भएको छैन ।

ओलीले नेताहरुसँग दाहालले लगाएका आरोप बेतूकको रहेको भन्दै जवाफ नदिने बताएका थिए ।

प्रधानमन्त्री ओलीले केहिबेरमै मन्त्रिपरिषद बैठक पनि राखेका छन् । दिउँसो २ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाएकाले उनी आफ्ना धारणा राखेर निस्कने छन् ।

सचिवालय बैठक बस्नुअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास गएका थिए ।

प्रकाशित मिति: Nov 18, 2020

प्रतिक्रिया दिनुहोस्