Logo
१२ श्रावण २०८१, शनिबार
(November 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खुलामञ्चमा खुवाउदैँ आएको निशुल्क खाना अब थापाथली नजिकै वितरण गर्ने

खुलामञ्चमा मजदुरलाई वितरण गर्दै आएको निशुल्क खाना अब आजबाट थापाथली नजिकैबाट खाना वितरण गर्ने व्यवस्था मिलाइएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

कोरोना माहामारी यता खुलामञ्चबाट खाना नपाएका भोका मजदुरलाई वितरण गर्दै आएको निशुल्क खाना अब परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली नजिकैबाट बाड्ने भएको हो ।

कोरोना संक्रमणबाट जोगिन भन्दै सरकारले ७ महिना लामो लकडाउन गर्दा रोजगारी गुमाएका र गरिब तथा असहायलाई हाम्रो टिम नेपालले बिहानमा र हन्ड्रेड ग्रुप नामको संस्थाले साँझको खाना खुलामञ्चमा निःशुल्क खुवाउँदै आएका थिए ।

काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपती सापकोटाकाले खुलामञ्चमा निःशुल्क भोजन गराउँदै आएका संस्थाहरु र महानगरपालिकाबीचको सहमति अनुसार नै थापाथलीमा निःशुल्क भोजनको व्यवस्था गरिएको बताए ।

खुलामञ्चमा खाना खुवाउँदा अशोभनीय देखिएको भन्दै महानगरपालिकाले निःशुल्क खाना खुवाउने काम बन्द गर्न यसअघि चेतावनी दिएको थियो ।

तर जनस्तरबाट विरोध भएपछि महानगरपालिकाले सुरक्षाका मापदण्ड अपनाएर बन्द स्थानमा खाना खुवाउन सकिने विकल्प दिएको थियो ।

प्रकाशित मिति: Nov 18, 2020

प्रतिक्रिया दिनुहोस्