Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाका कारण चैत्र ११ गतेबाट बन्द रहेको लुम्बिनी क्षेत्र आजदेखि पर्यटकका लागि खुला

चैत ११ गतेदेखि बन्द भएको बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्र  आजदेखि पर्यटकका लागि खुला गरिएको छ ।

कोरोना संक्रमणको जोखिम कमगर्न सरकारले चैत ११ गतेदेखि लगाएको लकडाउनसँगै बन्द भएको लुम्बिनी क्षेत्र आजदेखि पर्यटकका लागि बुधबारदेखि खुला गरिएको हो ।

पर्यटकीय स्थलहरु खुला गर्ने सरकारले गरेको निर्णयसँगै कोषको पदाधिकारी स्तरीय बैठकले लुम्बिनी क्षेत्र खुल्ला गर्ने निर्णय गरेको हो ।

लुम्बिनी बिकास कोषका योजना प्रमुख सरोज भट्टराईका अनुसार सरकारको यस्तो निर्णयसँगै अब पर्यटकहरु मायादेवी मन्दिर परिसरमा रहेका अशोक स्तम्भ, पुष्करिणी पोखरी र बगैचा लगायतका स्थानहरुमा घुम्न सक्नेछन् ।

लुम्बिनी क्षेत्र खुल्ला गरिएपनि मायामादेबि मन्दिर भने अझै खुल्ला गरिएको छैन् ।योजना प्रमुख भट्टराईले तत्कालका लागि मन्दिर खुल्ला गर्ने निर्णय भने नभएको बताए ।

उनका अनुसार लुम्बिनी क्षेत्र घुम्नेहरुका लागि स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य गरिएको छ ।पर्यटकहरुले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने छ ।

बिभिन्न स्थानहरुमा ज्वरो नाप्ने,हातमुख धुने लगायतका ब्यवस्था गरिएको छ । सुरक्षाकर्मी र कोषका कर्मचारीहरुले स्वास्थ्य सुरक्षा मापदण्डबारे निगरानी गर्नेछन् ।

लुम्बिनी क्षेत्रका होटल तथा पर्यटन ब्यवसायीहरुले लुम्बिनी क्षेत्र खुल्ला गर्न पटक पटक माग गर्दै आएका थिए ।पर्यटकहरुलाई आकर्षित गर्न लकडाउनकै अवधिम लुम्बिनी क्षेत्रमा सरसफाई गरेर चिटिक्क पारिएको छ ।

कोषले कोरोना संक्रमणबाट जोगिन र सजगता अपनाउनका लागि पर्यटक बोक्ने ट्याक्सी तथा रिक्साहरुलाई सुरक्षा तालीम दिएको छ ।

प्रकाशित मिति: Nov 18, 2020

प्रतिक्रिया दिनुहोस्