Logo
१२ श्रावण २०८१, शनिबार
(November 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चन्द्रागिरिमा १४ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा एक पक्राउ

प्रहरीले एक बालिकालाई बलात्कार गर्ने एक जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरि नगरपालिका–२ बसुण्डोलमा १४ वर्षीय बालिकालाई बलात्कार गर्ने हुम्ला ताजाकोट गाउँपालिका-२ का २३ वर्षीय सुरेश लोहारलाई मङ्गलबार पक्राउ गरेको हो ।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बसुण्डोलस्थित अर्जुन सुवेदीको जग्गामा बनाएको टहरामा बालिकालाई बोलाएर जबर्जस्ती करणी गरेको अनुसन्धानमा खुल्न आएको जानकारी दिए ।

मङ्सिर १ गते सोमबार भाइटीकाको दिनमा घटना घटे पनि लोहार फरार रहेका थिए । पक्राउ लोहारलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ करणीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको वृत्त प्रमुख श्रेष्ठले बताए।

प्रकाशित मिति: Nov 18, 2020

प्रतिक्रिया दिनुहोस्