Logo
३ जेष्ठ २०८१, बिहीबार
(November 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगे प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्।

आज दिउँसो बस्नेनेकपाको सचिवालय बैठक र मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री ओली बिहान शीतल निवास पुगेका हुन्।

आजै सचिवालय बैठक दिउँसो १ बजे तथा मन्त्रिपरिषदको नियमित बैठक दिउँसो २ बजेका लागि तय भएको छ ।नेकपा भित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतल निवास पुगेका हुन् ।

यस अघि प्रधानमन्त्री ओलीले सचिवालय बैठक तय भएकै समयमा मन्त्रिपरिषद बैठक बोलाएका थिए । त्यस लगत्तै उनले मन्त्रिपरिषदको बैठक एक घण्टा पछि बस्ने गरी २ बजेका लागि सारेका छन् ।

हिजो राष्ट्रपति भण्डारीले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाईसमेत भेटेकी थिइन्।प्रचण्डसँगको भेटमा राष्ट्रपति भण्डारीले सचिवालय बैठक सारेर सहमतिको प्रयास गर्न सुझाव दिएकी थिइन्।

प्रधानमन्त्री ओलीले आजको सचिवालय बैठक सार्न चाहेका थिए । तर, बहुमत सचिवालय सदस्यहरूले बैठक सार्ने पक्षमा नभएपछि आजै सचिवालय बैठक बस्ने बताएका छन् ।

स्रोतका अनुसार अध्यक्ष प्रचण्ड भने कुनै पनि हालतमा सचिवालय बैठक नसार्ने पक्षमा छन् ।नेकपा प्रवक्ता नारायण काजी श्रेष्ठले ट्वीटरमार्फत सचिवालय बैठक आजै दिउँसो १ बजे बालुवाटारमा बस्ने जानकारी दिएका छन् ।

प्रकाशित मिति: Nov 18, 2020

प्रतिक्रिया दिनुहोस्