Logo
१२ श्रावण २०८१, शनिबार
(November 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा विवाद समाधान गर्न चीनको सक्रियता बढ्यो, ओली र चिनियाँ राजदूत यान्छीबिच भेटवार्ता

फाइल फोटो

पछिल्लो समयमा नेकपामा विवाद चरम विन्दुमा पुगेको बेलामा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबिच भेटवार्ता भएको छ ।

राजदूत यान्छीले मंगलबार राति प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेकी हुन् ।भेटवार्ताका क्रममा पार्टीभित्रको विवाद र समाधानबारे करिब डेढ घण्टा कुराकानी भएको स्रोतको भनाई छ ।

पहिला पनि नेकपा भित्र प्रधानमन्त्रीको राजीनामाको विषयलाई लिएर विवाद चरम विन्दूमा पुग्दा खेरी पनि नेकपालाई जोगाउन राजदूत यान्छीले  भूमिका खेलेको बताइएको थियो ।

यसअघि पनि गत वैशाखको सचिवालय बैठकमा नेकपा नेताहरुले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि विवाद उत्कर्षमा पुग्दा फुटका संघारमा पुगेको नेकपालाई जोगाउन राजदूत यान्छीले भूमिका खेलेको बताइन्छ ।

त्यतिखेर उनले नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड, ओली, माधव नेपाल लगायतका नेताहरुलाई अलग–अलग भेटवार्ता गरेकी थिइन् ।

त्यसताका उनको सक्रियतालाई कतिपयले आन्तरिक मामिलामा बाह्य हस्तक्षेपको रुपमा लिएपछि दोस्रो पटकको विवादमा उनी आफै नभई दोस्रो तहको अधिकारीलाई पठाउने गरेकोसमेत बुझिएको छ  तर अहिले नेकपा पुनः पार्टी फुटकै संघारमा पुगेपछि भने चर्किएको नेकपा विवाद मिलाउन उनको सक्रियता बढेको हो ।

प्रकाशित मिति: Nov 18, 2020

प्रतिक्रिया दिनुहोस्