Logo
१२ श्रावण २०८१, शनिबार
(November 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालुवाटारमा ओली समूहको भेला चल्दै गर्दा प्रचण्ड राष्ट्रपति निवासमा

प्रचण्ड पक्षसँग सचिवालय बैठकमा भिड्न भन्दै केपी शर्मा ओलीले आफू पक्षिय नेतासँग बालुवाटारमा भेला गरिरहेको समयमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शीतल निवास पुगेका छन्।

नेकपा विवादबारे राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफलका लागि प्रचण्ड शीतल निवास पुगेका हुन्।

नेकपा सचिवालय बैठकको पूर्वसन्ध्यामा राष्ट्रपति र प्रचण्डबीच भएको भेटघाट भएकाे हाे ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पटकपटक राष्ट्रपति भण्डारीलाई भेट्दै आएका थिए।

बुधबार नेकपाको सचिवालय बैठक बस्ने तय भएको छ। नेकपाका अध्यक्षद्वय भने आरोप प्रत्यारोपमा उत्रिएका छन्।

यसअघि पनि अध्यक्षद्वयबीच विवाद हुँदा राष्ट्रपतिलाई साक्षी राखेर विवाद समाधान गरिएको थियो।

ओली पक्षिय भेलामा सहमतीका आधारमा सचिवालय बैठक बस्नु पर्ने तर भोली नै बस्ने नबस्नेबारे टुंगो चाँही नलागेको उच्च स्रोतले बतायो ।

प्रकाशित मिति: Nov 17, 2020

प्रतिक्रिया दिनुहोस्