Logo
३ जेष्ठ २०८१, बिहीबार
(November 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीको सन्देश लिएर नेकपा महासचिव विष्णु पौडेल खुमलटार पुगेर गरे प्रचण्डसँग भेट

नेकपा भित्रको विवाद समाधानको प्रयास स्वरुप प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीको सन्देश लिएर नेकपा महासचिव विष्णु पौडेलले खुमलटार गएर पुष्पकमल दाहालसँग भेट गरेका छन् ।

नेकपा भित्रको विवाद समाधानको प्रयास स्वरुप ओली दूत बनेर महासचिव पौडेल मंगलबार बिहान नेकपाका अर्का अध्यक्ष प्रचण्ड निवास गएका हुन् ।

उनीहरुबिच विवाद समाधानको प्रयासबारे छलफल भएको बताइए पनि थप कुरा सार्वजनिक भएको छैन ।प्रचण्डसँग भेट गरेर पौडेल फर्किएका छन् ।

ओलीले यसअघि हिजो प्रचण्ड पक्षका माधव नेपाल र बामदेव गौतमलाई बालुवाटार बोलाएर छलफल गरेका थिए।

नेता नेपाल र गौतमले ओलीलाई आफ्नो कार्यशैली सच्याउन चुनौती पनि दिएका छन् । यस्तो बेला खुमलटार पुगेर ओली दूत पौडेलले प्रचण्डसँग गरेको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रधानमन्त्री ओली पक्षले प्रचण्डले गएको शुक्रबार सचिवालय बैठकमा पेश गरेको १९ पृष्ठ लामो प्रस्ताव फिर्ता भएपछि मात्रै मंसिर ३ गते निर्धारित पार्टी केन्द्रीय सचिवालय बैठक बस्ने अडान लिएको छ ।

तर प्रचण्ड पक्षका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले भने प्रचण्डले सचिवालय बैठकमा पेश गरेको प्रस्ताव आफूहरुको सामूहिक रहेको बताउँदै आएका छन् ।

 

 

प्रकाशित मिति: Nov 17, 2020

प्रतिक्रिया दिनुहोस्