Logo
१३ बैशाख २०८१, बिहीबार
(November 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

झापामा मैनबत्तीबाट आगो सल्केर एक बालिकाको मृत्यु

प्रदेश नं १ स्थित झापाको कमल गाउँपालिकामा गए राति मैनबत्तीबाट आगो सल्केर एक बालिकाको मृत्यु भएको छ ।

कमल-२ स्थित थापा गाउँका धु्रव परियारकी सात वर्षीया छोरी रेजुका परियारको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

बुबाआमा घरबाहिर रहेको र छोरी रेजुका मात्रै घरभित्र सुतिरहेको अवस्थामा राति ९ बजेतिर अचानक मैनबत्तीबाट आगो सल्किएको थियो ।

आगो दन्किएपछि घरभित्र रहेकी बालिकालाई बाहिर निकाल्न नसक्दा घटनास्थलमै बालिकाको मृत्यु हुन पुगेको प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए ।

आगलागीबाट परियारको इँटाको गारो र टिनको छानो पूर्णरूपमा जलेर नष्ट हुँदा करिब रु १५ लाख बराबरको क्षति भएको छ ।

आगो निभाउने क्रममा ग्यास सिलिण्डर पड्किएर स्थानीय २२ वर्षीय राम टुडु सामान्य घाइते भएका थिए । स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको आएको प्रनाउ पण्डितले बताए ।

प्रकाशित मिति: Nov 16, 2020

प्रतिक्रिया दिनुहोस्