Logo
३ जेष्ठ २०८१, बिहीबार
(November 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली र वामदेवीच बालुवाटारमा छलफल, पार्टी विवाद समाधानमा महत्वपूर्ण भूमिका खेल्न प्रस्ताव

नेकपाभित्रको पछिल्लो विवाद चर्कीरहेको अवस्थामा प्रधानमन्त्री केपी ओलीले नेकपाका उपाध्यक्ष वामदेव गौतलाई आज मध्यान्ह बालुवाटारमा बोलाएर छलफल गरेका छन् ।

आज मध्यान्ह भएको दुई नेताबीचको भेटमा नेकपाभित्रको पछिल्लो विवाद समाधान गर्नेबारे छलफल भएको छ ।

भेटमा ओलीले गौतमलाई सरकारमा सहभागी हुन समेत आग्रह गरेको बुझिएको छ । गौतमले पार्टीमा उठेको विवादबारे समिक्षा गर्नुपर्नेमा जोड दिएका थिए ।

ओलीले गौतमलाई बोलाएर पार्टी विवाद समाधानमा महत्वपूर्ण भूमिका खेल्न आग्रह गरेका थिए ।उनले विरोधी मोर्चाका नेताहरुलाई सहमतिमा ल्याउन भूमिका खेल्न भनेका थिए ।

विशेषगरी पूर्व एमालेबीचको एकता देखि सहमति बनाएर जाने विषयमा समेत छलफल भएको थियो ।विश्वस्त स्रोतका अनुसार गौतमले ओलीलाई आत्मालोचना गरेर गल्ती र व्यवहार सुधार्न सुझाव दिएका थिए ।

उनले समस्या ओलीमै रहेको र समाधान पनि त्यहींबाट खोजिनुपर्नेमा जोड दिएको बुझिएको छ । नेकपाभित्र ओलीविरोधी मोर्चा मजबुत हुँदै कडा कदम चाल्ने तयारीमा पुग्दा गौतमलाई बालुवाटारमा भेटका लागि बोलाइएको हो ।

यसअघि गत हप्ता ओलीनिकटस्थ नेताहरु विष्णु पौडेल र शंकर पोखरेल भैसेपाटी पुगेर गौतमलाई महत्वपूर्ण प्रस्ताव राखेका थिए ।तर, गौतमले अस्वीकार गरेका थिए ।

गौतमलाई सरकारमा उपप्रधानमन्त्रीसहित अर्थ या गृह दिएर आफ्नो पक्षमा पार्न ओली अहिले सक्रिय भएका छन् ।

प्रकाशित मिति: Nov 15, 2020

प्रतिक्रिया दिनुहोस्