Logo
१३ बैशाख २०८१, बिहीबार
(November 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ललितपुर महानगरपालिकाद्वारा आगलागी अध्ययन समिति गठन

बाग्मती प्रदेश अन्तरथत रहेको ललितपुर महानगरपालिकाले आगलागीबारे अध्ययन समिति गठन गरेको छ ।

महानगरपालिका फोहोरमैला व्यवस्थापन केन्द्रमा गत शुक्रबार अपराह्न भएको आगलागीको कारण पत्ता लगाउन उक्त समिति गठन गरेको हो ।

महानगरपालिका विपद् व्यवस्थापन समितिका संयोजक नारायणलाल अवालेको संयोजकत्वमा अध्ययन समिति गठन भएको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए ।

उनले भने, “आगलागी भएको एक सातामा अध्ययन प्रतिवेदन पेश गर्न निर्देशन दिएको छु । यस समितिले आगलागी हुनुको कारण, क्षति र अब यस्तो घटना नदोरिहन अपनाउनुपर्ने सुरक्षात्मक उपायसमेत प्रतिवेदनमा उल्लेख गर्ने छ ।”

केन्द्रका प्रमुख सुरेन्द्रराज अवालेले आगलागी शुरु भएको एक घण्टामा आगो नियन्त्रण भएको भनाइ राखे । उनले भने, “चाडपर्व परेका बेला अन्य समयभन्दा बढी फोहोर सङ्कलन हुन्छ र भइपनि रहेको छ ।”

सिसडोल ल्याडफिल्ड साइटमा फोहोर पुर्‍याउनु अघि महानगरपालिकाका फोहोर निरन्तर उठिरहेको अवालेले बताए ।

उक्त समितिमा महानगरपालिकाका प्रवक्ता राजु महर्जन, नं ८ का वडाध्यक्ष हेम महर्जन, फोहोरमैला केन्द्रका प्रमुख सुरेन्द्रराज अवाले, मेकानिकल इन्जिनीयर पुष्कर भट्टराई रहेका बताइएको छ ।

प्रकाशित मिति: Nov 15, 2020

प्रतिक्रिया दिनुहोस्