Logo
१५ चैत्र २०८०, बिहीबार
(November 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वरिष्ठ हास्य कलाकार मनोज गजुरेल कोरोनामुक्त

वरिष्ठ हास्य कलाकार मनोज गजुरेल कोरोनामुक्त भएका छन् । ११ दिनको अस्पताल बसाइँ पछि गजुरेल घर फर्किएका छन् ।

उनले आफू संक्रमणमुक्त भएको सामाजिक सन्जाल फेसबुकमामार्फत् जानकारी दिएका छन् । उनले भनेका छन्, ‘११ दिनको अस्पताल बसाइ पश्चात घर फर्किएर आराम गरिरहेको छु । कोभिड १९ का सबै रिपोर्ट नेगेटिभ आएका छन् ।’

गजुरेलको कात्तिक १० गते कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो पछि उनलाई अक्सिजनको मात्रा घट्दै गएपछि र फोक्सोमा पनि संक्रमण देखिएपछि कात्तिक २० गते बलम्बुस्थित सशस्त्र प्रहरीको कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो ।

त्यहाँ उनको आईसीयूमा राखेर उपचार गरिएको थियो ।उच्चस्तरको उपचार सेवा दिएको भन्दै उनले सशस्त्र प्रहरीको नेपाल एपीएफ अस्पताल परिवार, अस्पताल परिवारका सबै सदस्यहरु र सबै शुभचिन्तकहरुलाई धन्यवाद पनि दिएका छन् ।

गजुरेलले कोरोना संक्रमणको महमारीबाट आफू जोगिन र अरुलाई पनि जोगाउन आह्वान गर्दै दीपावलीको शुभकामनासमेत दिएका छन् ।

 

प्रकाशित मिति: Nov 15, 2020

प्रतिक्रिया दिनुहोस्