Logo
१२ श्रावण २०८१, शनिबार
(November 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रुपन्देहीमा बुबाको चक्कु प्रहारबाट १९ वर्षीय छोराको मृत्यु

लुम्बिनी प्रदेश स्थित रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बाबुले चक्कु प्रहार गर्दा १९ वर्षीय छोराको मृत्यु भएको छ ।

तिलोत्तमा नगरपालिका-११ गणेशनगरका ४३ वर्षीय शेरबहादुर गुरुङको चक्कु प्रहारबाट  छोरा पदमबहादुर गुरुङको शनिबार साँझ मृत्यु भएको हो ।

बाबुको चक्कु प्रहारबाट पदमबहादुरको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी प्रतितसिंह राठौरले बताए ।

शेरबहादुरले मादक पदार्थ सेवन गरी श्रीमतीलाई जथाभावी गालीगलौज गरेका थिए । छोरा पदमबहादुरले आमालाई जथाभावी नबोल्न आग्रह गर्दा शेरबहादुरले चक्कु प्रहार गरेका थिए ।

इलाका प्रहरी कार्यालय बुटवलको टोलीले घटनामा संलग्न शेरबहादुरलाई शनिबार राति नै नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको डीएसपी राठौरले जानकारी दिए ।

 

प्रकाशित मिति: Nov 15, 2020

प्रतिक्रिया दिनुहोस्