Logo
१२ श्रावण २०८१, शनिबार
(November 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज १ हजार ९४६ नयाँ कोरोना संक्रमित थपिए, १३ जनाको मृत्यु

नेपालमा आज १ हजार ९४६ जनामा कोरोना संक्रमित थपिएका छन् ।योसँगै नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख ८ हजार २९९ पुगेको छ।

देशभरमा का विभिन्‍न ल्याबमा गरिएको ८ हजार ७५३ नमुना परीक्षणमा १ हजार ९ ४६ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २५ सय ३ जना संक्रमित कोरोनामुक्त भएका छन्। योसँगै कोरोनामुक्त हुनेहरूको कुल संख्या १ लाख ७० हजार ६७२ रहेको छ ।

अहिले हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ३७ हजार २२ रहेको छ । २४ घण्टा भित्रमा थप १३ कोरोना संक्रमितको मृत्यु भएको छ।

योसँगै हालसम्म कुल मृत्यु हुनेको संख्या १२ सय १५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ

प्रकाशित मिति: Nov 14, 2020

प्रतिक्रिया दिनुहोस्