Logo
१२ श्रावण २०८१, शनिबार
(November 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डा. गोविन्द केसीको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने

कोरोना संक्रमित डा. गोविन्द केसीको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने प्रधानमन्त्री केपी ओलीले बताएका छन् ।

कोरोना भाइरसबाट संक्रमित डा.केसीलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रधानमन्त्री ओलीले उनको उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले बेहोर्ने बताएका हुन् ।

डा.गोविन्द केसीलाई कोरोना भाइरस  संक्रमण पुष्टि भएको छ ।  केसीलाई केही लक्षण देखिएपछि बिहीबार गरिएको पीसीआर परीक्षणमा उनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

डा. केसीलाई रुघाखोकी लाग्नुका साथै ज्वरोसमेत आएको छ । उनको श्वासप्रश्वासमा समेत समस्या देखिएको सुवेदीले बताए ।

डा. केसी अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको गणेशमान सिंह भवनमा उपचाररत छन् ।

 

प्रकाशित मिति: Nov 14, 2020

प्रतिक्रिया दिनुहोस्