Logo
१२ श्रावण २०८१, शनिबार
(November 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकीद्वारा स्वास्थ्य मन्त्रालयलाई १ सय थान भेन्टिलेटर हस्तान्तरण

नेपाल सरकारलाई अमेरिकी सरकारले एक सय थान भेन्टिलेटर सहयोग गरेको छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई अमेरिकी राजदूत र्‍यान्डी बेरीले शुक्रबार मन्त्रालयमा १ सय थान भेन्टिलेटर हस्तान्तरण गरेका हुन्।

कोरोना संक्रमण भई गम्भीर भएका बिरामीलाई भेन्टिलेटरमा राखी उपचार गर्नुपर्ने हुन्छ। तर नेपालमा पर्याप्त भेन्टिलेटर नहुँदा सबै गम्भीर बिरामीले उपचार पाउन सकेका छैनन्।

स्वास्थ्यमन्त्री ढकालले भेन्टिलेटर सहयोगका लागि अमेरिकी सरकार र राजदूत बेरीलाई धन्यवाद दिँदै अति आवश्यक स्वास्थ्य संस्थामा ती भेन्टिलेटर प्रयोग गर्ने बताए।

नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेसँगै भेन्टिलेटर र आइसियुमा उपचार गराउने गम्भीर संक्रमितको संख्या पनि बढेको छ।

संक्रमितको सख्या बढेसँगै भेन्टिलेटरको अभाव हुन थालेको छ। कति बिरामीले समयमा भेन्टिलेटरमा उपचार नपाउदा ज्यान गएका घटना समेत बाहिर आइरहेका छन्।

मन्त्रालयले हालसम्म सबै अस्पतालमा गरी १ हजार भेन्टिलेटर व्यवस्था गरिएको जनाएको छ। २ हजार ६सय आइसियुको व्यवस्था गरेको मन्त्रालयको दावी छ।

प्रकाशित मिति: Nov 13, 2020

प्रतिक्रिया दिनुहोस्