Logo
१५ चैत्र २०८०, बिहीबार
(November 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज नेपाल र बंगलादेशबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा हुँदै

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल र बंगलादेशबीच आज प्रतिस्पर्धा हुँदैछ।

नेपाली राष्ट्रिय फुटबल टोली एक वर्षपछि आज प्रतियोगिता खेल्दै छ । राष्ट्रिय फुटबल टोलीले आज साँझ ढाकामा बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

उक्त खेल नेपाली समयअनुसार साँझ पौने पाँच बजे हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

नेपालले गत वर्षको नोभेम्बरमा विश्वकप छनोटअन्तर्गत कुबेतसित फुटबल खेलेको थियो । नेपाल सो खेलमा कुबेतसित १-० गोलले पराजित भएको थियो ।

कोरोना भाइरसको महामारीका कारण त्यसपछि नेपालले कुनै पनि प्रतियोगिता खेल्न सकेको थिएन । महामारीकै बीच बङ्गलादेशले नेपाललाई दुई मैत्रीपूर्ण खेलका लागि निम्तो दिएको हो ।

नेपाल र बङ्गलादेशबीच अर्को मैत्रीपूर्ण खेल आगामी मङ्सिर २ गते हुनेछ । दुवै देश सन् २०१८ को सेप्टेम्बरमा साफ च्याम्पियनसिपमा भिडेका थिए ।

उक्त प्रतियोगितामा नेपालले बङ्गलादेशलाई २-० गोलले पराजित गरेको थियो । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले त्यसको तयारीका लागि बङ्गलादेशसित मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीसहित ३४ जनाको टोली हाल बङ्गलादेशको ढाकामा रहेको छ ।

बंगलादेशसँग प्रस्पिर्धामा नेपाली टिमका अजित भण्डारी, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, भरत खवास, विकास खवास, विक्रम लामा, विमल राना, विशाल श्रेष्ठ, दर्शन गुरुङ, दीप कार्की, दिलेन लोक्तन, जर्ज प्रिन्स कार्की, किरण चेम्जोङ, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रञ्जित धिमाल, रवी पासवान, सरोज दाहाल, सेसेहाङ आङ्देम्बे, सुवास गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ र छिरिङ गुरुङले खेल खेल्ने छन्

प्रकाशित मिति: Nov 13, 2020

प्रतिक्रिया दिनुहोस्