Logo
१२ श्रावण २०८१, शनिबार
(November 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लिबियाको खोमसको तटमा डुंगा दुर्घटना हुदाँ ७४ आप्रवासीको मृत्यु

लिबियाको खोमसको तटमा डुंगा दुर्घटनाहुँदा ७४ जना आप्रवासीको मृत्यु भएको आप्रवासी सम्बन्धी संयुक्त राष्ट्रसंघीय निकायले जनाएको छ ।

संयुक्त राष्ट्रसंघीय निकाय (आइओमएम)का अनुसार डुंगामा करिब १२० जना सवार रहेका थिए ।डुंगा दुर्घटना भएलगत्तै माझीहरुले ४७ जनाको जिवितै उद्दार गरेको समाचारमा जनाइएको छ ।

गत अक्टोबरदेखि भूमध्यसागरमा रहेको उक्त डुंगा समुद्र पार गर्ने क्रममा दुर्घटनामा परेको बताइएको छ ।डुंगामा सवारमध्ये अधिकांश महिला र बालबालिक रहेका थिए ।

उनीहरुमध्ये ११ जना नवजात शिशुको जिवितै उद्दार गरिएको अधिकारीहरुले जनाएका छन् ।राष्ट्रसंघीय एजेन्सीका अनुसार यस वर्ष मात्र कम्तिमा नौ सय भन्दा बढीको भूमध्य सागरमा डुबेर मृत्यु भएको छ ।

लिबियामा जारी द्वन्द्वका कारण हरेक वर्ष बिस्थापित हुनेको संख्या बढ्दै गएको र भूमध्य सागरको बाटो हुँदै जोखिमपूर्ण यात्रा गर्नेहरुको संख्या वर्षेनी बढ्ने गरेको छ ।सोही क्रममा दुर्घटनाका घटनाहरु पनि बढ्ने गरेका छन् ।

लिबियालगायतका देशका आप्रवासीहरु भूमध्य सागरको बाटो भएर जोखिमपूर्ण यात्रा गर्ने हुँदा हरेक वर्ष डुंगा दुर्घटनामा सयौंको मृत्यु हुने गरेको छ ।

 

प्रकाशित मिति: Nov 13, 2020

प्रतिक्रिया दिनुहोस्