Logo
१२ श्रावण २०८१, शनिबार
(November 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल र अमेरिकाबीच भएका सबै सन्धि सम्झौता कार्यान्वयन गर्न भूमिका निर्वाह गर्नेछु : डा.युवराज

नेपाल र अमेरिकाबीच भएका सन्धि सम्झौता कार्यान्वयन गर्न आफूले भूमिका निर्वाह गर्ने प्रस्तावित राजदूत डा.युवराज खतिवडाले बताएका छन् ।

नेपाल र अमेरिकाबीच भएका सबै सन्धि, सम्झौतालाई प्रभावकारी रूपमा अगाडि बढाउन आफूले भूमिका खेल्ने अमेरिकाका लागि प्रस्तावित राजदूत डा.युवराज खतिवडाले बताएका हुन् ।

खतिवडाले बिहीबार संघीय संसद्को संसदीय सुनुवाइ समितिको बैठकमा संसदीय सुनुवाइका क्रममा सो कुरा बताएका छन् ।

प्रस्तावित राजदूत खतिवडाले भने, ‘नेपाल र अमेरिकाबीच भएका सबै सन्धि सम्झौतालाई आपसी सहकार्यमा अगाडि बढाउन भूमिका निर्वाह गर्नेछु, दुई देशबीचका सम्झौता र सन्धिहरूलाई व्यवस्थित गर्दै कार्यान्वयनमा लैजानका लागि म भूमिका निर्वाह गर्नेछु ।’

यस्तै उनले विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषका केन्द्रीय कार्यालय अमेरिकामा रहेका र ती संस्थामा अमेरिकाको बोलवाला रहेकाले त्यहाँबाट नेपालमा लगानीका लागि आफूले भूमिका खेल्ने बताएका छन् ।

प्रस्तावित राजदूत खतिवडाले राजदूत भएर अमेरिका गएपछि दुई देशबीचको आर्थिक सहकार्यलाई थप बल दिनेमा जोड दिए ।

एसियाली विकास बैंकमा पनि अमेरिकी सरकारको कुरा चल्ने भएकाले आफूले त्यहाँबाट लगानी ल्याउन राजदूतका रूपमा आफूले भूमिका खेल्ने उनको भनाई थियो ।

अमेरिकाका लागि प्रस्तावित राजदूत खतिवडा, बेलायतका लागि प्रस्तावित राजदूत लोकदशर्न रेग्मी र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत निर्मलकुमार विश्वकर्माको संसदीय सुनुवाइ चलिरहेको छ ।

 

प्रकाशित मिति: Nov 12, 2020

प्रतिक्रिया दिनुहोस्