Logo
१२ श्रावण २०८१, शनिबार
(November 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस नेता शाहीले दिए नेपालको सीमा नमिचेको प्रमाण दिन चीनलाई चुनौती

नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले एक इन्च पनि नेपाली भूमि नमिचिएको प्रमाण पेश गर्न चीन सरकारलाई चुनौती दिएका छन् ।

पर्वमन्त्री एवं कर्णाली प्रदेश प्रमुख विपक्षी दलका नेता शाहीले विज्ञप्ति जारी गर्दै चीनले लगाएको उक्त आरोप अस्वीकार गर्दै नेपाली भूमि नमिचेको प्रमाण पेश गर्न चुनौती दिएका हुन् ।

ग्लोबल टाइम्सले हालै एक लामै समाचार प्रकाशित गर्दै कांग्रेससहित, भारत र पश्चिमा शक्तिले नेपाल-चीन सीमा विवादको आधारहीन हल्ला फैलाएको आरोप लगाएको थियो ।

चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सले नै नेपाली भूमि चीनले मिचेको भनेर ‘हल्ला’ फैलाउनेमा मुख्य जिम्मेवार शाही रहेको आरोपसहित समाचार प्रकाशित गरेपछि कांग्रेस नेता शाहीले शाहीले विज्ञप्तिमा चीनलाई चुनौती दिएका हुन् ।

शाहीले विज्ञप्तिमा लेखेका छन, ‘स्थलगत निरीक्षणबाट छिमेकी चीनले लोलोङ्गजोम क्षेत्रमा मात्र नभइ अन्य सीमा क्षेत्रमासमेत नेपाली भूमि अतिक्रमण भएको प्रमाणहरु काल्पनिक नभइ तथ्यगत रहेका छन् ।’

शाहीले दशगजा क्षेत्रमा समेत चीनले तारबार गरेर आफ्नो तर्फ पारेको, नेपाली सुरक्षाकर्मीहरुलाई प्रवेश गर्न रोक लगाइएको, १२ नम्बर सीमा पिल्लरलाई एकतर्फी रुपमा मर्मत गरेको लगायतका विषय विज्ञप्तिमा उल्लेख गरेका छन् ।

हुम्लाको लिमीमा शाही नेतृत्वको टोलीले स्थलगत भ्रमण गरेर चीनले सीमा मिचेको प्रतिवेदन पार्टी कार्यालयमा बुझाएका थिए ।

प्रकाशित मिति: Nov 12, 2020

प्रतिक्रिया दिनुहोस्