Logo
१२ श्रावण २०८१, शनिबार
(November 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कालोबजारी गरेकामा सेन्ट्रल मललाई २ लाख जरिवाना

प्रदेश नं १ स्थित मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडाद्वारा सञ्चालित सेन्ट्रल मल विराटनगरलाई कालोबजारी गरेकामा बुधबार  दुई लाख जरिवाना गरिएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय विराटनगरले अनुगमनको क्रममा खरिद मूल्यभन्दा दोब्बर बढी मुनाफा राखेर सामान बिक्री गरेको प्रमाणित भएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३९ (१) ख बमोजिम उक्त जरिवाना गरिएको कार्यालयका प्रमुख सन्तोष पोखरेलले बताए ।

मलले छुटसहितको बम्पर योजना सर्वसाधारणमा प्रचारप्रसार गरी उपभोक्तालाई भाइमसला काजुमा १११ प्रतिशत मुनाफा राखी बिक्री वितरणको गरेको थियो ।

कानूनअनुसार खरिद मूल्यको २० प्रतिशतभन्दा बढी लिएर सामान बिक्री गर्नु कालोबजारी र ठगी हो ।कार्यालयले अनुगमनका क्रममा मलले तिहारमा प्रयोग हुने भाइमसला काजु बजारबाट  एक हजार १६५ प्रतिकेजी खरिद गरी  दुई हजार २५० दरले बिक्री वितरण गरेको फेला पारेको थियो ।

मलले अत्यधिक मुनाफा राखेर काजु बिक्री वितरण गरेको भेटेपछि कारवाहीको दायरामा ल्याएको कार्यालय प्रमुख पोखरेलले जानकारी दिए ।

तिहारमा प्रयोग हुने भाइमसलामा चर्को मूल्य लिएर ठगी भइहरहेको जनगुनासो आएपछि बजारमा अनुगमनमा गरेका उनले बताए ।

मलका व्यवस्थापक गिरिश राठीले थोक बिक्रेताबाट काजु प्रतिकेजी एक हजार ८०० मा खरिद गरेकामा सोअनुसार बिलविजक प्राप्त नभएको बताए ।

प्रकाशित मिति: Nov 12, 2020

प्रतिक्रिया दिनुहोस्