Logo
१२ श्रावण २०८१, शनिबार
(November 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओलीले बोलाए शुक्रबार ४ बजे नेकपा सचिवालय बैठक

file photo

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले  शुक्रबार अपरान्ह ४ बजे सचिवालय बैठक बालुवाटारमा बोलाएका छन्।

ओलीले शुक्रबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बोलाएका हुन् ।महासचिव विष्णु पौडेलमार्फत् सचिवालय बैठक तय भएको हो।

नेकपामा सचिवालय बैठक अध्यक्षको परामर्शमा महासचिवले बोलाउने व्यवस्था छ।यसअघि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालय सदस्यहरू झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले अनौपचारिक रूपमा धुम्बाराहीस्थित पार्टी कार्यालयमा बैठक गरी सचिवालय बैठक बोलाउन अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए।

प्रचण्डसहित पाँच सचिवालय सदस्यले लिखित पत्र नै बुझाएर अध्यक्ष ओलीलाई सचिवालय बैठक बोलाउन माग गरेका थिए। गत शनिबार बैठक बसेर कार्यकारी अध्यक्ष प्रचण्डसहित पाँच सचिवालय सदस्यले उक्त माग गरेका थिए।

मंगलबार पनि प्रचण्डले प्रधानमन्त्री ओलीलाई भेटेर सचिवालय बैठक राख्न आग्रह गरेका थिए। धुम्बाराहीमा बैठक बस्नुअघि प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुगेका थिए।

तर प्रधानमन्त्री ओली सचिवालय बैठक राख्न सहमत भएका थिएनन् ।मंगलबार धुम्बाराहीमा अनौपचारिक छलफल गरी प्रचण्डसहित पाँच सचिवालय सदस्यले सचिवालय बैठकका लागि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई पर्खने बताएका थिए।

अध्यक्ष ओली सचिवालय बैठक बोलाउन सहमत नदेखिए अर्का अध्यक्ष प्रचण्डसहित पाँच सचिवालय सदस्यहरू बैठक बसेर स्थायी कमिटी बैठक तय गर्ने पक्षमा थिए।

प्रकाशित मिति: Nov 12, 2020

प्रतिक्रिया दिनुहोस्